शनिबार, २३ फागुन २०८२

दुर्गम लिखाडी सडक सञ्जालमा जोडियो

बैतडी,२२ माघ- बैतडी जिल्लाको दुर्गम शिवनाथ गाउपालिकाको वडा न ४ मा लिखाडी सम्म सडक सञ्जाल जोडिएको छ । डडेलधुरा बाट पञ्चेश्वर आउने सडकखण्ड २ बर्ष अगाडी भागेश्वर गाउपालिकाको राडिल रहेको भएपछी पछिल्लो एक महिना यता निर्माण कार्यामा तिबैता दिएसंगै लिखोडासम्म सडक सञ्जाल जोडिएको हो । राडिल बाट करिब साढे ४ किलोमिटर सडक सम्पन्न हुदा लिखाडीमा सडक पुस्दा स्थानिय बासी हर्षित भएका बिरेन्द्र महताले जानकारी दिनुभयो । गाउँमा पहिलो पटक सडक पुगेपछी हर्षित स्थानिय बासिन्दाले सडक निर्माण कार्उमा संलग्न स्काभेटर चालकलाई अबिरसहित फुलमाला लगाएर स्वागत गरेका छन् । सडक सञ्जाल बिस्तार भएसंगै दैनिक उपभोग्य समान सस्तोमा पाइने , घरसम्मको यात्रा गर्दा गाडीमा गर्न पाईने भन्दै लिखाडीबासी खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस