शनिबार, २३ फागुन २०८२

एमाले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध

धनगढी फागुन ०५ गते ।

नेकपा एमालेको प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह चयन हुनुभएको छ । शनिवार सम्पन्न एमाले संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको एमाले कैलालीका सचिव रण बहादुर चन्दले जानकारी दिनुभयो । एमालेका वैकल्पिक सदस्य समेत रहनुभएका शाह बाजुरा ख बाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको थियो । एमालेले ७ नम्बर प्रदेशमा मन्त्रीको टुङ्गो लगाउन पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस