सभापति देउवाको प्रस्तावकमा नेता विजयकुमार गच्छदार र मानबहादुर विश्वकर्माले समर्थन गरेका छन्। उनको उम्मेदवारी दर्ता साँझ ६ बजे भएको हो।
यस्तै, कोषाध्यक्ष सीतादेवी यादव प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनसहित नेता प्रकाशमान सिंहले पनि दलको नेतामा उम्मेदवारी दिएका छन्। कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि सोमबार निर्वाचन हुँदैछ। निर्वाचनका लागि चिनकाजी श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरिएको छ।
प्रतिक्रिया दिनुहोस