शनिबार, २३ फागुन २०८२

प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध,

काठमाडौँ  फाल्गुन २५, प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । निर्विरोध भएपनि उनको औपचारिक घोषणा भने भोलि हुनेछ । उनले आज साढे ११ बजे सभामुखको लागि उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीमा प्रस्तावक नेकपा एमालेका सुवास नेम्बाङ र समर्थकमा केन्द्रका देव गुरुङ थिए । शुक्रबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेको थियो । माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखमा उम्मेदवारी दर्ताको लागि बिहान १० बजेदेखि १ बजेसम्म समय तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस