शनिबार, २३ फागुन २०८२

बैतडीमा कोहलपुरका १९ बर्षिय श्रेष्ठको माटोको ढिस्कोले पुरिएर मृत्यु

बैतडी,२७ फागुन- माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर,रैनाखोलाका १९ बर्षिय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गएराती ९ बजे दशरथचन्द नगरपालिका २ हल्लेक– कुणीभिटा ग्रामिण सडक निर्माण गरिरहेका बेला एक्कासी माथीवाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ । प्रतिघण्टाको हिसावले पारिश्रमिक पाईने भएकाले राती पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ। स्काभेटर प्युठान झुमितका २९ बर्षिय डम्बर नगरकोटी स्काभेटर चलाईरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस