शनिबार, २३ फागुन २०८२

नेपालद्वारा हङकङ ५ विकेटले पराजित, पपुवा न्यु गिनी संग प्लेअफ खेल्ने

काठमाडौँ — हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभर खेल्दै प्राप्त गरेको थियो । नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर‍्‍याएका थिए । रोहित ४८ रनमा नटआउट रहँदा सोमपालले ३७ रन जोडे। दुवै ब्याट्सम्यानले ५-५ चौका प्रहार गरे। त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले २६ रनको योगदान दिए। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले १२-१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे। नेपालले अब प्लेअफमा अर्को समूहको पुछारमा रहेको पपुवा न्यु गिनीको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस