आइतबार, १० साउन २०८३

काभा पुरुष भलिबल च्याम्पियनसिप : पहिलो जितको खोजीमा नेपाल

काभा पुरुष भलिबल च्याम्पियनसिप : पहिलो जितको खोजीमा नेपाल

 

काठमाडौं । इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आइतबार बंगलादेशको सामना गर्दै छ ।


खेल गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । सेमिफाइनल सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

 

जारी प्रतियोगितामा नेपाल मात्र जितविहीन छ । हाल दुई खेल जितेर चार अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । तीनै खेल गुमाएको नेपाल दुई अंकसहित छैटौँ स्थानमा छ ।

 


यसअघि नेपाल, काजकिस्तान र श्रीलंकासँग ३–२ तथा पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । यता, पाकिस्तानसँग सोझो सेटमा पराजित बंगलादेशले उज्वेकिस्तान र काजकिस्तानलाई ३–२ को सेटमा हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस