शनिबार, २३ फागुन २०८२

ताप्लेजुङमा 'बम निस्क्रिय'

ताप्लेजुङ, चैत १३ गते । जिल्ला अदालत ताप्लेजुङ परिसरमा आज दिउँसो प्रेसरकुकर बम फेला परेको छ । अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको बसेकाले त्यही समयमा बम राखिएको हुन सक्ने अनुमान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । यसैबीच उक्त बमलाई आजै अपराह्न नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस