शनिबार, २३ फागुन २०८२

बिडीसिए कप क्रिकेट चैत २५ गतेदेखि

बैतडी,२० चैत- यही चैत २५ गतेदेखि बैतडीमा बिडीसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । बिडीसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस