शनिबार, २३ फागुन २०८२

ट्याक्टर दुर्घटनामा  चालकको मुत्यु

धनगढी, चैत २३ गते।

कैलालीको जोशीपुर गाउँपालिका ३ लक्कडमा ट्याक्टर दुर्घटना हुदा चालकको घटना स्थलमै मुत्यु भएको छ ।

मुत्यु हुनेमा सोही ठाउका अन्जादी २६ वर्षीया मोनि राम कठरिया रहेको इलाका प्रहरी कार्यलय भजनीका प्रहरी निरिक्षक दान बहादुर रोकायाले बताउनुभयो। ट्याक्टरमा सवार अर्का एक जना सकुसल रहेको बताईएको छ ।

शुक्रबार साझँ साढे ६ बजे से १ त ३४३४ नम्बरको ट्याक्टर लक्कड बाट फाडिया गाउँ जाने क्रममा सडक बाट नालिमा पल्टेको प्रहरीले जनाएको छ। ट्याक्टर के करणले दुर्धटना भएको हो भन्ने बारेमा अनुसन्धान भैरहको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस