शनिबार, २३ फागुन २०८२

धनगढीमा विप्लवका कार्यकर्ता र प्रहरीविच दोहोरो झडप

धनगढी चैत २४। धनगढीमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरी विच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसरमा बर्तमान सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीविच धनगढीको ट्राफीक चौराहमा झडप भएको हो । प्रहरीले प्रशासनबाट अनुमति बिनानै ऱ्याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेकाले झडप भएको जनाएको छ ।
[caption width="960" align="aligncenter"]© Dineshkhabar[/caption] नेकपाले भने जनआन्दोलन दिवस मनाईरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । उस्ले आफ्ना १५ जना कार्यकर्ताहरु झडपमा परि घाईते भएको र एकोहोरो झडप भएको दावी गरेको छ । प्रहरीमाथि नै हातपात गर्न खोजेपछि १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस