शनिबार, २३ फागुन २०८२

बिडिसिए कप क्रिकेट सुरु, निंगलाशैनी, त्रिपुरा र पञ्चकोटी क्रिकेट क्लवको विजयी सुरुवात

बैतडी,२५ चैत- बैतडीमा आजदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं संस्करण सुरु भएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज भएको पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव (एनसिसि)ले विजयी सुरुवात गरेको छ । एनसिसिले ग्वाल्लेक क्रिकेट क्लवलाई ८ विकेटले पाखा लगाउदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिंगको निम्ता पाएको ग्वाल्लेकले पिताम्वर जोशीको सर्वाधिक २८ रनको मद्दतमा ९६ रनमा समेटियो । ग्वाल्लेकको पारी ध्वस्त पार्ने क्रममा एनसिसिका दिपक बोहराले सर्वाधिक ३ विकेट हात पारे । ऋषिकेश बोहरा र शंकर महरले समान २/२ विकेट हात पारे । ९७ रनको झिनो लक्ष्यका साथ मैदान उत्रेको एनसिसिले ११ दशमलव ४ ओभरका २ विकेटको क्षतीमा विजय लक्ष्य हासिल गर्यो । उसका लागी म्यान अफ द म्याच दिपक बोहराले ४० रनको योगदान गरे भने दिपेन्द्र बोहरा ४६ रनमा अविजित रहे । ग्वाल्लेकका पिताम्वर जोशी र राम चन्दले एक एक विकेट लिए । उता बुढ्ढाबाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा त्रिलोचन क्रिकेट क्लवलाई ३ विकेटले पराजित गर्दै पञ्चकोटी क्रिकेट क्लव विजयी भएको छ । टस हारेर पहिला ब्याटिंग गरेको त्रिलोचनले ९७ रन बनाएको थियो । ९८ रनको लक्ष्य पञ्चकोटीले १४ दशमलव ४ ओभरमा ७ विकेटको क्षतीमा पुरा गर्यो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् । बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खेल कारणबस अवरुद्ध भएको खण्डमा दुवै टोलीलाई समान १/१ अंक दिईने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । फोटो- बिनोद बिष्ट/बैतडी टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस