शनिबार, २३ फागुन २०८२

बिडिसिए कप क्रिकेट : आज ४ खेल हुदै

बैतडी,२६ चैत- आईतारदेखि बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज ४ खेल हुने भएका छन्। निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने बिहान साढे ८ बजे हुने पहिलो खेलमा ग्वाल्लेक क्रिकेट क्लव र खोडपे क्रिकेट क्लव भिड्दा बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा त्रिपुरा क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव आमनेसामने हुने भएका छन्। यस्तै देहिमाण्डौंमा दिउँसो १ बजेपछी निंगलाशैनी क्रिकेट क्लव(एनसिसि) र खोडपे क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्दा रातमाटामा कैलपाल क्रिकेट क्लव र पञ्चकोटी क्रिकेट क्लवविच भिडन्त हुने भएको छ । यसअघि आईतवार भएका खेलहरुमा निंगलाशैनी क्रिकेट क्लव(एनसिसि), पञ्चकोटी क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव विजयी भएका छन् । यस्तै केदारशक्ति क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लवविचको खेल बर्षाका कारण अवरुद्ध हुँदा दुवै टोलीलाई समान एक एक अंक दिईएको थियो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस