शनिबार, २३ फागुन २०८२

धनगढी लगातार दोस्रो पटक डिपिएलको च्याम्पीयन

धनगढी चैत ३० रुस्लान धनगढी प्रिमियर लिगको उपाधिमाथि लगातार दोश्रो पटक टिम चौराह धनगढीले कब्जा जमाएको छ । फाईनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्स सामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । धनगढीकालागि सुनील धमला र रोहन मुस्तफाले १ सय ४२ रनको साझेदारी गरेपछि धनगढीले फाइनलमा राम्रो योगफल बनाएको हो । ओपनर धमलाले ६३ बल खेली ८ चौका ३ छक्काको मद्दतले ७८ रन बनाए । उनी अन्तिम ओभरमा सुबोथ भाटीको बलमा आउट भए । अर्का ओपनर अस्फाक अहमदलाई ४ रनमा गुमाएपछि क्रिजमा आएका मुस्तफाले ६० रन बनाए । काठमाडौं गोल्डेन्सबाट भाटीले २ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिए । १ सय ८२ रनको विशाल लक्ष्य सहित मैदान उत्रिएको काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनमा समेटीएको हो । काठमाडौकालागि अमित श्रेष्ठले ५८, ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए । बलिङमा धनगढीका ललितसिह भण्डारीले ३, रोहन मुस्ताफाले २, सम्साद शेख र योगेन्द्रसिह कार्कीले समान १÷१ विकेट लिए । म्यान अफ द म्याच धनगढकिा रोहन मुस्ताफा भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस