शनिबार, २३ फागुन २०८२

बिडिसिए कप : सेमिफाईनलका खेलहरु हुदै

बैतडी,२ बैशाख- बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाईनका खेलहरु हुुने भएका छन् । निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा हुने पहिलो सेमिफाईलन खेलमा खोडपे क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा केदारशक्ति क्रिकेट क्लवलाई १५६ रनले स्तब्ध पार्दै समूह “बी” समूह विजेता बन्दै खोडपे अन्तिम चारमा पुगेको हो । भने पञ्चकोटी क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै त्रिपुरा क्रिकेट क्लव समूह “डी” वाट सेमिफाईनमा पुगेको हो । यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाईनल खेलमा जेएवाईसी थालिगाडा र साविक विजेता योङगस्टार क्रिकेट क्लव भिड्ने भएका छन् । लिग चरणको आफ्नो अन्तिम खेलमा दशरथचन्द प्रतिष्ठानलाई ६ विकेटले पाखा लगाउदै थालिगाडा समूह “सी” को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो, भने अस्मिकेदार क्रिकेट क्लवलाई २१ रनले स्तब्ध पार्दै योङगस्टार समूह “ए” को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस