शनिबार, २३ फागुन २०८२

बझाङमा पहिरोले जिप बगायो

बझाङ, बैशाख २०

जयपृथ्वी राजमार्ग अन्तरगत बझाङको सुवेडा खोला नजिक पहिरो खस्दा एउटा जिप बगाएको छ । सुवेडा खोलानजिकै बुधबार राति खसेको पहिरोले जिप बगाएको हो । बिहान स्थानीय बासिन्दाले जीप बगाएको देखेर प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी, स्थानीयबासिन्दा घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

जीपमा कतिजना थिए भन्ने खुलेको छैन । यसबारेमा थप जानकारी आउँन बाँकी छ । अहिले त्यो सडकखण्डमा गाडी चलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस