शनिबार, २३ फागुन २०८२

प्रदेशसभा ७ः हिउँदे अधिवेशन अन्त्य

धनगढी, २१ वैशाख – प्रदेश नं ७ को प्रदेशसभाको हिउँदे अधिवेशनको अन्त्य गरिएको छ ।

प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट हिउँदे अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यस अवधिमा बसेका प्रदेशसभाका बैठकले प्रदेश नं ७ को प्रदेशसभा नियमावली २०७४ पारित गर्नाका साथै प्रदेशसभा नियमावलीबमोजिम प्रदेश सभामा रहने विषयगत समितिको गठन गरेको छ ।

यसैगरी प्रदेश सरकारको आर्थिक कार्यविधि नियमावली तथा व्यवस्था गर्न बनेको विधेयक २०७४, प्रदेश सरकारको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट तथा विनियोजन विधेयक २०७५ र प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रमसम्बन्धी संकल्प प्रस्ताव समेत पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस