सेती अञ्चल अस्पतालले संचालनमा ल्याएको फार्मेसीमा डाक्टरले लेखेका सबै औषधीहरु नपाईने गरेको बिरामीहरुले बताएका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीहरुले अस्पतालको फार्मेसीबाट सस्तोदरमा औषधी पाउने भएपनि सबै किसिमका औषधी नपाईने गरेको बताएका हुन्। डाक्टरले लेखेका मध्ये आधा औषधी अस्पतालको फार्मेसीमा पाईने र आधा नपाईने गरेपछि निजि औषधी पसलबाट महंगो मुल्यमा किन्नुपरेको बिरामी तथा उनिहरुका आफन्तको गुनासो छ। बिरामीहरुलाई सस्तो मुल्यमा औषधी उपलब्ध गराउने भन्दै सेती अञ्चल अस्पतालले आफ्नै फार्मेसी संचालनमा ल्याएको थियो। तर डाक्टरले लेखेका मध्ये आधा औषधी अस्पतालको फार्मेसीमा पाएको भएपनि आधा नपाएपछि बाहिरबाट किनेको हेमराज भट्टले बताए। अस्पतालको फार्मेसीमा औषधी नपाएपछि बाहिरको निजि क्लीनिकबाट महंगो मुल्यमा किन्नुपरेको बुवाको उपचारका लागि आएका जालीका महेश चौधरीले बताए। फार्मेसीमा औषधी किन्न जादा छैन बाहिरबाट किन्नुस भन्दै फर्काउने गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस