कैलालीको चुरे गाउँपालिकाका जनप्रतिनिधिहरुले सामुदायिक वनमा मापदण्ड विपरित सडक निर्माण गरिरहेका सडकहरुको निर्माण कार्य रोक्न जिल्ला वन कार्यालय कैलालीले निर्देशन दिएको छ । सामुदायिक वन क्षेत्रमा पनि मनोमानी रुपमा रुख काटेर सडक निर्माण भईरहेको अवस्थामा जिल्ला वन कार्यालयले चुरे गाउँपालिका वडा नम्वर ६ को वडा कार्यालयलाई पत्र लेखेर नियम मिचेर वनाईरहेको सडकको निर्माण कार्य रोक्न निर्देशन दिएको हो । स्थानीय वासिन्दाले मापदण्ड विपरित सडक निर्माण गर्दा आफुहरुको वस्ती नै खतरामा पर्ने भन्दै विरोध जनाईरहेका वेला पनि जनप्रतिनिधिहरु भने अटेरी गर्दै डोजर र स्काभेटरको प्रयोग गरेर धमाधम सडक निर्माण गरिरहेका थिए । वनले भौगोलिक दृष्टिकोणले पनि भारी उपकरणहरु लगाएर सडक निर्माण गर्न ठीक नभएको जनाएको छ । सडक निर्माण रोक्न दिएको निर्देशनात्मक पत्रमा वन कार्यालयसँग अनुमति नलिएर काम गरिरहेको ठहर गर्दै त्यसो नगर्न चेतावनी दिएको हो ।
प्राविधिकहरुको परामर्श बिना नै सडक निर्माण गर्ने प्रवृतिका पहाडी भुभाग रहेको चुरे गाउँपालिकामा भईरहेको विकासले भविष्यमा ठुलो विनाशहरु निम्त्याउने खतरा वढेको भन्दै स्थानीयहरुले असहमित जनाउँदा जनाउँदै पनि जनप्रतिनधिहरु अटेरी गर्दै सडक निर्माण गरिरहेका थिए । वनको निर्देशनपछि पनि अहिले जनप्रतिनिधिहरुले काम रोकेका छन ।
प्रतिक्रिया दिनुहोस