कैलालीको चुरे गाउपालिकाको कार्यालय गोदावरी नगरपालिकाको अत्तरीया स्थीत होटलमा सञ्चालन गरिएपछि स्थानीयलाई सास्ती भएको छ। जनप्रतिनिहरुले गाउँपालिकाको कार्यालय विरालोले बच्चा सराए जस्तै महिना दुई महिनामा सार्न थालेपछि स्थानीयलाई सास्ती भएको हो । गाउपालिकाका स्थानीयलाई अव त कार्यालय कुन ठाउामा छ भन्ने कुराको समेत जानकारी छैन् । सुरुमा धनगढीको तारानगरमा कार्यालय सञ्चालन गरिएकोमा त्यसपछि चुरे गाउपालिकाकै अलाड, सहजपुर र अहिले आएर अत्तरीयाको होटलमा सञ्चालन गरिएको हो । स्थानीयले जनप्रतिनिहरुले आफ्नो अनुकुलताका लागि कार्यालय सार्दै आएको आरोप लगाएका छन । सुगम मानिएको कैलाली जिल्लाको पहाडी क्षेत्रमा रहेको चुरे गाउपालिकाको कार्यालय गोदावरी नगरपालिकाको केन्द्र अत्तरीया स्थीत एउटा होटलमा सञ्चालन गरिएपछि स्थानिय वासीन्दाले सास्ती वेहोर्नु परेको हो । गाउ–गाउमा सिह दरबारको नारा भजाएर विजयी भएका जनप्रतिनिधिहरुले शहरको होटेलमा कार्यालय खोलेर आफुहरुलाई सास्ती दिएको स्थानियको आरोप छ । स्थानीय तहमा जनप्रतिनिधि आएको बर्ष दिन पनि पुगेको छैन् ।
तर चुरे गाउपालिकाको कार्यालय भने चार पटक सारिएको छ । सुरुमा धनगढी उप–महानगरपालिकाको तारानगरवाट कार्यालय सञ्चालन गरिएकोमा त्यसपछि चुरे गाउपालिकाकै अलाड र सहजपुरमा पनि कार्यालयले सेवा सञ्चालन गर्यो । तर अहिले आएर गोदावरी नगरपालिकाको केन्द्र अत्तरीयामा रहेको मयुर होटलमा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । चुरे गाउपालिकाका जनप्रतिनिधिहरुले आफ्नो अनुकुलताका लागि कार्यालयको स्थान फेर्न थालेपछि चुरे क्षेत्रका वासीन्दा भने अव कार्यालय कुन स्थानमा छ भन्ने कुराको चाँसो राख्न समेत छोड्न थालेका छन् ।
गाउपालिकाका अध्यक्ष लगायत धेरै जनप्रतिनिधिहरुको घर तराईमा रहेकाले कार्यालय पनि तराईमा सारेको स्थानीयको आरोप छ । गाउपालिकाको कार्यालय मात्रै होईन वडा कार्यालय समेत प्रभावकारी रुपमा सञ्चालन नहुँदा चुरेवासीलाई संघियताको कार्यान्यन कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै बनेको छ । कैलालीको पहाडी क्षेत्रमा पर्ने सावीकका निगाली, सहजपुर र खैरला गावीस जोडेर चुरे गाउपालिकाका बनाईएको हो ।
प्रतिक्रिया दिनुहोस