कैलालीको गोदावरीमा एक जनाको शव फेला परेको छ । गोदावरी पुल नजिकै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ का सुरेश नेपालीको शव फेला परेको हो । शव पोष्टमार्टमका लागी सेती अञ्चल अस्पतालमा ल्याईएको छ । मृत्यु कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस