शनिबार, २३ फागुन २०८२

आज विहानदेखि विद्युत सेवा अवरुद्ध

धनगढी, जेठ २३ नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत आज विहानदेखि विद्युत सेवा अवरुद्ध रहेको छ । आज विहान ५ वजेदेखि धनगढी वितरण केन्द्रको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो । धनगढी शव स्टेशनमा मर्मत कार्य भईरहेकोले विद्युत सेवा अवरुद्ध भएको हो । विहानदेखि नै मर्मत काम भईरहेकोले आज ११ वजेपछि सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताए । विहानदेखि वढ्दो गर्मीमा विद्युत नहुँदा जनजीवन प्रभावित भएको छ । यसको असर सर्वसाधारणदेखि व्यापार व्यवसाय र विद्युतको माध्यमले मात्रै सञ्चालन हुने क्षेत्रमा समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस