शनिबार, २३ फागुन २०८२

गार्इलार्इ पनि अब सुत्केरी भत्ता, किसानलाई २० हजार पाइने

ताप्लेजुङ, २५ जेठ। सिदिङवा गाउँपालिकाले गाईलाई सुत्केरी भत्ता दिन थालेको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक गाई सुत्केरी हुँदा गाईपाल्ने किसानलाई २० हजार रुपैयाँ दिन थालिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले बताउनुभयाे । भत्ता लिने किसानले दिनमा कम्तीमा ७ लिटर दूध भने दुहुनुपर्ने सर्त राखिएको छ। सर्तअनुसार सुत्केरी भएको छ महिनासम्म (लैनुमा) दुई र छ महिनापछि (बकेर्नु) तीन थुन मात्रै दुहुन पाउने छन् । धेरै दूध देखाउन बाच्छाबाच्छी दूध खानबाट बञ्चित नहुन् भनेर यो सर्त राखिएको गाउँपालिकाले जनाएको छ। पहिलो वर्ष गाई सुत्केरी भत्ताबापत तीन लाख ५० हजार छुट्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षमा यसलाई तेब्बर बनाउने योजना बनाएको छ। आगामी आर्थिक वर्षदेखि गोठ सुधार गर्ने, उन्नत जातका गाई ल्याउने, दूध संकलन केन्द्र स्थापना गर्नेजस्ता योजना सञ्चालन गर्ने गाउँपालिकाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस