शनिबार, २३ फागुन २०८२

युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते

काठमाडौं, जेठ २८ गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएकोम अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताए । सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् । उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस