शनिबार, २३ फागुन २०८२

फेसवुकमा जथाभावी लेख्ने दुई पक्राउ, १ लाख जरिवाना अथवा ५ बर्ष कैद हुन सक्ने

काठमाडौँ, असार १३ । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पुर्‍याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ। सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस