शनिबार, २३ फागुन २०८२

गाई हत्या आरोपमा दुई जना पक्राऊ

धनगढी,असार १५ । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरमा गौ हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले दुई जनालाई पक्राउ गरेको छ । गोकुलेश्वरको नायलको चौलानी नदी किनारमा गाईलाई ढुंगा हानेर मारेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका ९ का ६० वर्षीय देव महर र बैतडी जिल्ला डिलाशैन गाउँपलिका १ का ६७ वर्षीय चन्द भुललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस