शनिबार, २३ फागुन २०८२

सर्पले डसेर रौतहटमा २ को मृत्यु

विषालु सर्पले डसेर शुक्रबार बिहान रौतहटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईसनाथ गाउँपालिका २ लक्ष्मिनिया निवासी १४ वर्षीय असरे आलम र गौर नगरपालिका ३ बस्ने ४५ वर्षीया मुनीकुमारी पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आलमलाई खेतमा सिंचार्इं गर्ने क्रममा र पटेललाई घर आंगनमा बसेको बेला विषालु सर्पले डसेको प्रहरीले जनाएको । सदरमुकाम गौरभन्दा करिब १६ किलोमिटर पश्चिममा भारतीय सिमानासँग जोडिएर रहेको लक्ष्मिनियामा सर्पले डसेर बिरामी भएका आलमलाई उपचारको लागि भारतको घोडसहन पुर्‍याइएको थियो । उनको उपचारको क्रममा घोडासहन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटमा अहिले सर्पदंशको घटना बढेको गौर अस्पतालले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस