शनिबार, २३ फागुन २०८२

ट्रिपर दुर्घटनामा एकको मृत्यु

काठमाडौं, असार २६ गते । मुलुकभर आतंक मच्चाउदै आएको ट्रिफरले ठक्कर दिदा राजधानीको जडिबुटीमा मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । ट्रिफरको ठक्करबाट मारिने भक्तपुरको सल्लाघारीका रोयल सुवेदी छन् । मोटरसाइकल चालक अमन ढुंगेल गम्भिर घाइते भएका छन् । भक्तपुरबाट कोटेश्वर आउँदै बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस