शनिबार, २३ फागुन २०८२

पश्चिममा पूर्ण बदली, ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ  असार २७ गते । देशको पश्चिम क्षेत्रमा बुधबार मौसम पूर्णरुपमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्व तथा मध्य क्षेत्रको मौसम भने सामान्यतया बदलीको अवस्थामा रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । पूर्व तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने देखिएको छ भने पश्चिमका धेरै ठाउँमा मध्यम तथा ठूलो पानी पर्ने सम्भावना रहेको छ । दिनभरि नै देशभरको मौसम बदलीको अवस्था नै रहने र खुल्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले जानकारी दिए । पानी नपरे पनि घाम भने नलाग्ने उनले बताए । बेलुका पनि बदलीकै अवस्था रहने छ । अझै केही दिन मौसम यस्तै रहने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस