शनिबार, २३ फागुन २०८२

५ लाख घुससहित रातोभाले रेस्टुरेन्टमा कर्मचारी पक्राउ

काठमाडौं, असार २७ गते । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन्। प्राधिकरणको जिल्ला आयोजना कार्यालय नुवाकोटमा कार्यरत सब– इन्जिनियर लोकेन्द्र थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ काठमाडौंमा पक्राउ गरेको हो। थापाले एक बिद्यालयको भवन निर्माणमा घुस लिएका हुन्। नुवाकोटको महेन्द्र प्राविको भवन निर्माणका लागि प्राधिकरणले ६७ लाख रुपैयाँ बजेट दिएको थियो। त्यसमध्ये २२ लाख भुक्तानी हुन बाँकी थियो। सो रकम भुक्तानीका लागि उनले १० लाख घुस मागेका हुन्। पछि ५ लाख घुसमा बिल पास गर्न राजी भएका थिए। इन्जिनियर थापाले दुःख दिएपछि ठेकदारले अख्तियारलाई सूचना दिएर घुस दिएका हुन्। सामाखुशीको रातो भाले रेस्टुरेन्टमा घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस