बाजुरामा ४ रिक्टरको भूकम्प
बाजुरा, असार २९।
बाजुरामा शुक्रवार बिहान भूकम्प गएको छ।
बिहान ८ बजेर ५८ मिनेट जादा ४ दशमलव १ रिक्टरको भुकम्प गएको भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जानकारी दिए।
जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।
भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस