शनिबार, २३ फागुन २०८२

बझाङमा ससुराली जान लागेका दुई जना मृत फेला

बझाङ, २९ असार । बझाङमा दुई जना मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ वर्षीय सुरेन्द्र विक र सोही गाउँका १७ वर्षीय विमल मिजार मृत अवस्थामा फेला परेका प्रहरी प्रहरीले जनाएको छ । घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने ठाउँमा मृत फेला परेको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । मृतक सुरेन्द्र विकको टाउकोबाट गिद्धी निस्किएको छ भने विमल मिजारको हात भाँचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस