शनिबार, २३ फागुन २०८२

धनगढी वसपार्कको स्तरोन्नतिको काम अधुरै

धनगढी, असार ३० गते ।

असार २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहे पनि धनगढी बसापार्क स्तरोन्नतिको काम अधुरै रहेको छ । शघन सहरी विकास कार्यक्रम अन्तर्गत यो योजनाको करिव २५ प्रतिशत काम बाँकी छ । सम्झौता अवधिमा काम सम्पन्न नभएपछि योजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले ६ महिना समय थपेको  छ । राजेन्द्र–रुद्रावती जेभीसंँग १ करोड ३४ लाख ९२ हजार रुपैया लागतमा स्तरोन्नतिको सम्झौता भएपछि निर्माण कार्य सुरु गरिएकोमा निर्माण कम्पनीले तोकिएको समयमा सवै काम सम्पन्न गर्न नसकेको हो । सुदुरपश्चिम यातायात व्यवसायी संघले वस सञ्चालन गरिरहेकोले पटक पटक वस हटाएर स्थान खाली नगरिदा निर्माणको काम ढिलो गरी सुरु भएकोले ६ महिना समय थपिएको सहरी विकास तथा भवन निर्माण डिभिजन धनगढीका प्रमुख रविन्द्र वोहोराले बताए । बसपार्कभित्रका पुराना संरचना हटाएर पुरै क्षेत्र कालोपत्रे र ‘इन्टरनल टायल’ निर्माण गर्ने सम्झौता छ । बसपार्कमा अव कालोपत्रेको काम गगर्न वाँकी रहेको छ । केही दिन अगाडी कालोपत्रे सुरु गरिएको भएपनि वर्षातको समय सुरु भएकोले कालोपत्रे गुणस्तरी नहुने भन्दै रोक्न निर्देशन दिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । वर्षात पछि कालोपत्रे  गर्नका लागि म्याद थपिएको कार्यालयका प्रमुख वोहोराले वताए । यता निर्माण व्यवसायी किशोर ठकुराठीले भने स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको वताए । मौसमले साथ दिएमा केही दिनमै कालोपत्रे सम्पन्न गरिने ठकुराठीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस