शनिबार, २३ फागुन २०८२

टी–२० क्रिकेट खेलेर फर्किए सन्दीप

काठमाडौ, असार ३० गते ।

क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । ग्लोबल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप शनिबार बिहान ८ः५० मा जेट एयरवेजबाट नेपाल आईपुगेका हुन् । मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । तर, सन्दीपको टोली प्ले अफमा पुग्न सकेन । सन्दीपको टोलीले ६ खेलमा मात्र २ जित निकालेको थियो । सन्दीपले पहिलो खेल गुमाएका थिए भने पछिल्ला पाँच खेल खेलेका थिए । सन्दीपले पहिलो खेलमा ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका थिए । डेब्यु खेलमा उनले १ रन समेत जोडेका थिए । डेब्यु खेलमा उत्कृष्ट खेल्न नसकेपनि सन्दीपले दोस्रो खेलबाट आफूलाई प्रमाणित गरेका थिए । दोस्रो खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए । त्यस्तै सन्दीपले तेस्रो खेलमा चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए । चौथो खेलमा चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट लिएका सन्दीपले अन्तिम खेलमा वेष्ट इण्डिज ुबीु विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए । यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस