शनिबार, २३ फागुन २०८२

डडेलधुराको एक मात्र कभर्ड हल भत्कियो

डडेल्धुरा, असार ३१ ।

जीण अवस्थामा रहेको डडेलधुरा अमरगढी नगरपालिका वडा नम्बर ४ मा रहेको ३४ बर्ष पुरानो कभर्ड हल भत्किएको  छ । वर्षाका कारण शनिबार कभर्ड हल भत्किएको  खेलकुद विकास समिती डडेलधुराले जानकारी दिएको छ । पुरानो कभर्ड हल मर्मत नभएकाले भत्किएको हो । खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवालाले ध्यान नदिँदा हल भत्किएको बताए । अमरगढी नगरपालिकालाई पनि जीर्ण हलको मर्मत संहारका लागि निकै अनुरोध गरीएको  तर बेवास्ता गरियो अध्यक्ष मगरले बताए । ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा पानीले प्रभावित हुने मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस