शनिबार, २३ फागुन २०८२

डोटीमा करेन्ट लागेर घाईते भएका खड्काको उपचारमा आर्थिक अभाव, सहयोग संकलन सुरु

धनगढी असार ३२ गते ।

डोटीको आदर्श गाउँपालिकामा करेन्ट लागेर घाईते भएका नारायण खड्काको उपचारमा आर्थिक समस्या देखिएको छ । गाउँपालिकाको वडा नम्वर १ चासिमा असार १९ गते करेन्ट लागेर ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने खड्का मात्रै बाच्न सफल भएका थिए । ज्यान जोगीएपनि खड्काले दुवै हात गुमाउन परेको छ । दिपायलको शैलेश्वरि अस्पताल, कैलालीको सेति अञ्चल अस्पताल, भेरि अन्चल अस्पताल हुदै अहिले उपचारका लागि खड्कालाई काठमाडौं पुगाईएको छ । आईतबार मात्रै उनको ढाडको अप्रेसन गरियको छ । अहिले सम्म खड्काको उपचारमा चार लाख खर्च भईसकेको स्थानीय दिपक वहादुर खड्काले बताए । नेपाल विद्युत प्राधिकरणले भने अहिले सम्म २५ हजार मात्रै उपचार खर्च दिएको छ । आर्थिक अबस्था कमजोर भएका खड्का २ बर्ष अगाडि बैदेशीक रोजगारीका लागि मलेसिया पुगेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण खड्काको उपचारका लागि सहयोग संकलन पनि सुरु गरिएको छ । डोटीका युवा दिपक वहादुर खड्काको नृतृत्वमा आज बिहानबाट नारायण खड्काको उपचारका लागि सहयोग संकलन सुरु भएको हो । आज मात्रै ९५ हजार ऋण सापटी सहित १ लाख ४० हजार संकलन भएको छ । नर बहादुर खड्काले ६ हजार, लाल बहादुर खड्का, दिपक बहादुर खड्का, तिर्थ राज अवस्थी, बिनोद बहादुर खड्का , श्याम खड्का, उत्तम खड्का र बम वहदुर खड्काले ५÷५ हजार सहयोग गरेका छन् । चेत बहादुर खडकाले २ हजार ५ सय, हरिहर नारायण भट्टले २ हजार, नबराज जोशि, मकर खडका, सराफत हुसेनले १÷१ हजार सहयोग गरेका छन्  । टिका बोहरा  र राजेन्द्र खड्काले समाज ५÷५ सय सहयोग गरेका छन् । सहयोगका लागि नारायणका जेठाबुवाका छोरा योगेन्द्र बहादुर खड्काको  राष्ट्रिय बाणिज्य बैंक शाखा डोटीको खाता न ४३०००११६९६१० मा जम्मा गरिदिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस