शनिबार, २३ फागुन २०८२

अपहरण गरी बलात्कार गर्ने ३ जना पक्राउ

रौतहट, साउन १ गते । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियालाल महतो रहेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिनुुभयो । धर्मेन्द्र र जियालाललाई गरुडाबाट तथा बलिष्टरलाई कलैयाबाट पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस