शनिबार, २३ फागुन २०८२

कैलालीमा नदीमा डुबेर दुई वालिकाको मृत्यु

धनगढी, साउन २ गते ।

कैलालीको रौरा नदीमा डुवेर २ जना वालिकाकोे मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकामा  वडा नम्बर २ स्थित रौरा नदिमा डुवेर २ जनाको मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगौराका १५ वर्षिय संगिता ढकाल र सोही ठाउकी १५ वर्षिया पुस्पा धमलाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय लम्कीका प्रमुख सुरेन्द्र जोशीले बताए । बाख्रा चराउन गएका उनिहरुको नदीमा पौडी खेल्ने क्रममा डुबेरे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस