शनिबार, २३ फागुन २०८२

नुवाकोटः पहिरोले सुर्यगढीको चोगतेमा एक घर पुरियो

नुवाकोट, साउन ३ गते । लगातारको अविरल वर्षाको कारण बुधबार राती नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं ३ चोगतेमा पहिरोले एक घर पुरएको छ भने ५० लाख बराबरको क्षति भएको छ । पहिरोले चोगतेबजारका नवराज श्रेष्ठको घर पुरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले विदुरखबरलाई बताउनुभयो । पहिरोले घर पुर्रदा ४ जना घाइते भएका छन । घाइते हुनेमा घरधनि नवराज श्रेष्ठ, उनकी श्रीमति, छोरा र छोरी रहेको प्रहरी प्रमुख कुवरे जानकारी दिनुभयो । कुवरले श्रेष्ठको घरको अवस्था कच्ची रहेको र माथिबाट पहिरो आएर घर पुरिएको बताउनुभयो । घाइतेहरुको अहिले नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यmय नुवाकोटले जनाएको छ । पहिरोले घर पुरिँदा श्रेष्ठको घरमा पालेको १३ वटा बाख्रा र ३५ वटा कुखुरासहित करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ । श्रेष्ठको घरमा किराना पसल रहेको र अझै क्षतिको एकिन विवरण आउन समय लाग्ने बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवँरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस