शनिबार, २३ फागुन २०८२

पच्चीस करोड बराबरको राहत वितरण

नेपालगन्ज, साउन ३ गते। बाँके जिल्ला प्रशासनमार्फत गत आवमा करिब रु २५ करोड बराबरको राहत वितरण भएको छ । आगलागी, बाढीपीडित, चट्याङ, करेन्ट, द्वन्द्वपीडित, अपांग, घाइतेलगायतलाई उक्त रकम बराबरको राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रजिअ केसीले हालसम्म रु तीन लाख ४४ हजार ७७ थान नागरिकता वितरण गरेको बताउनुभयो । उहाँका अनुसार आव २०७४÷७५ मा १६ हजार ४५१ थान नागरिकता र छ हजार १३३ थान राहदानी वितरण गरिएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालयमा हालसम्म एक हजार ५३५ संस्था दर्ता, नौ कानूनी विवाह दर्ता र १८८ नाबालक परिचयपत्र वितरण भएको प्रजिअ केसील जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस