शनिबार, २३ फागुन २०८२

तरुण दलले बुझायो तालाचाबी

काठमाडौं, साउन ६। नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयलाई तालाचाबी बुझाएको छ । ७७ जिल्लाकै प्रशासन कार्यालय घेराउ गरी सिक्री उपहार दिने कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारीलाई तालाचाबी बुझाएको हो । माइतीघरदेखि प्रशासन कार्यालय बबरमहलसम्म नारा, जुलुससहित तरुणदलका नेता कार्यकर्ताले कार्यालय भने घेराउ गरेनन् । प्रहरीले लगाउको निषेधाज्ञा नतोडेपछि घेराउ नगरी तालाचाबी बुझाए । प्रदर्शनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस