शनिबार, २३ फागुन २०८२

दाईलाई बचाउन जादा भाईको पनि मृत्यु

वीरगंज, साउन ७ गते । वीरगंज महानगरपालीका वडा नम्बर २८ लालपर्सामा पोखरीमा डुबेर दाजुभाईको मृत्यु भएको छ । भरत साह कलवारका १३ वर्षका छोरा सुमित कुमार साह र ११ वर्षका अमित कुमार साहको आईतबार पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आईतबार धान रोपाईको लागि खेतमा पानी लगाउन जादाँ बुवा सँगै सहयोग गर्न गएका दाजुभाईहरु नजिकै रहेको पोखरीमा नुहाउन जाँदा पहिला दाई सुमित पोखरीमा डुबेका थिए । संगै रहेका अमितले दाई डुबेको देखेपछि बचाउन जाँदा उनको पनि डुबेर मृत्यु भएको परिवारजनले बताएका छन् । मृतक दाजुभाईको शव पोष्टमार्टमको लागि नारायणी उप–क्षेत्रीय अस्पतालमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस