शनिबार, २३ फागुन २०८२

पानीमा डुबेर मृत्यु

इनरुवा, साउन ८ गते । सुनसरी सदरमुकाम इनरुवा– ६ कन्समडान नजीकै नालीको पानीमा डुबेर स्थानीयवासी राजकुमार उराँवका डेढवर्षीय छोरा आर्यनको मृत्यु भएको छ । घर नजीकै सडकको पेटीमा रहेको नालीमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस