शनिबार, २३ फागुन २०८२

प्रेमीसँग मिलेर पतिको हत्या

धनगढी, साउन ८ गते ।

कैलालीको भजनीमा एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन्। भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी हुन। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले घटनाको अनुसन्धान भईरहेको बताए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। शव पोस्मार्टमका लागी टिकापुर पठाईएको उनले बताए। मृतक राजी साउन ४ गते हराएका थिए। उनको शव घर नजिकैको जंगलमा खाल्डो भित्र फेला परेको प्रहरी नायव उपरीक्षक वलीले बताए। शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको हो। मृतकका आफन्तले निर्मला र दिलिपबीच लामो समयदेखी प्रेम सम्बन्ध रहेको बताएका छन्। यस अघि गत बैशाखमा पनि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० ओलानीकी २२ वर्षिया लक्ष्मी बडैलाले फिल्मी शैलीमा प्रेमी दीपक खत्रीद्धारा आफ्ना पति तेज बहादुर बिष्टको हत्या गराएकी थिईन। बैशाख १६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ का २४ वर्षिय तेज बहादुर बिष्टसंग मागी बिबाह गरेकी २२ वर्षिया लक्ष्मीको पहिलेदेखि नै गोदावरी नगरपालिका वडा नम्बर १२ खमौराका २४ वर्षिय दीपक खत्रीसंग प्रेम सम्बन्ध रहेकोमा लक्ष्मीले आफ्नै प्रेमीसँग भासुको भीरवाट खसाएर हत्या गरेकी थिईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस