शनिबार, २३ फागुन २०८२

सिमसिमे पानीमा डा. केसीको समर्थनमा धनगढीमा प्रदर्शन

धनगढी,साउन ९ गते ।

अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग संवोधनका लागि जनदवाव सृजना गर्न धनगढीमा प्रदर्शन गरिएको छ । डाक्टर केसीले उठाएका माग तीन करोड नेपालीको हितका लागि भएको भन्दै आज साझ धनगढीको पार्कमोडमा प्रदर्शन गरिएको हो । विगत लामो समयदेखि डाक्टर केसीको मागमा ऐक्ववद्धता जनाउदै आएको स्वस्फुर्त युवा समूहले जन दवावका लागि प्रदर्शन गरेको हो । सुरुमा भारी बर्षा र पछि सिमसिमे पानीसंगै समूहले धनगढीमा प्रदर्शन गरेको हो । उनीहरुले पानीमा भिज्दै डाक्टर केसीको समर्थनमा नारावाजी गरेका थिए । बर्षाले निर्धारीत अन्य दवावमुलक कार्यक्रम गर्न नसकेपनि धनगढीको पार्कचौमा डाक्टर केसीले उठाएका माग संवोधन गर्नुपर्ने माग सहित नारावाजी गरि प्रदर्शन गरिएको समूहले जनाएको छ । स्वस्फुर्त युवा समूहले तीन करोड नेपालीहरुको सहज र सुलभ स्वास्थ्य सेवाको माग राख्दै १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग सवै नेपालीका माग भएकाले जन दवाव श्रृजना गर्न प्रदर्शन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस