पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो
काठमाडौँ, साउन ११ गते ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।
शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको हो ।
विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस