शनिबार, २३ फागुन २०८२

चुम्लिङटार बस दुर्घटनामा ८ को मृत्यु

चितवन,  साउन १२ गते ।

इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्गको चुम्लिङटार सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा ८ यात्रुको मृत्यु भएको छ । १७ घाइते भएका छन् । काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट गइरहेको ट्रकसँग ठक्कर खाँदा त्रिशूली नदी किनारमा खसेको हो । ना.६ख २५०६ नम्बरको बस काठमाडौंबाट पोखरा हुँदै वालिङ जाँदै थियो । मुग्लिनबाट मलेखुतर्फ जाँदै गरेको ना.५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस सडकबाट २० मिटर तल त्रिशूली नदी किनारको खोँचमा खसेको चितवन प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । मियाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य दुई मृतकको भने सनाखत भएको छैन । सनाखत नभएका एक महिला र एक बालक छन् । दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । ६ घाइतेको अवस्था गम्भीर छ । ७ घाइतेको पुरानो मेडिकल कलेज भरतपुर र ४ को मनकामना अस्पतालमा उपचार भइरहेको छ । ५ घाइतेलाई पोखरातर्फ लगिएको छ भने एकको मलेखुमै उपचार भएको डिएसपी ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस