शनिबार, २३ फागुन २०८२

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा धनगढीमा प्रर्दशन

धनगढी, साउन १३ । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरियको विरोधमा धनगढीमा समेत प्रर्दशन गरीएको छ । कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनकोे नेत्रित्वमा प्रदर्शन गरीएको हो । बलात्कारीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन । पछिल्लो समय अपराधका घटना बढेका छन, ८० प्रतिशत महिला लक्षीत छन, हामी आपक्ती जनाउछौ, स्ववियु सचिब कृष्ण रोकायाले भने । विभिन्न घटनामा संलग्नलाई कारबाही गर्न प्रहरीले सकेको छैन, निर्मला पन्तको पनी के कारणले मृत्यु भयो ? प्रहरीले चाँडो प्रतिकृया दिनु पर्छ उनले भने । प्रहरी प्रशासनले ध्यान नदियको हामीलाई महसुस भएको छ, उनले भने । उता बालिकाका आफन्तले शव बुझेका छैनन् । उनिहरुले बालिकाको हत्यारालााई पक्राउ नगरेको भन्दै शव नबुझेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस