शनिबार, २३ फागुन २०८२

जन्मोत्सबमा ५ लाखको अक्षयकोष स्थापना

पर्वत, साउन १५, २०७५ । साहित्यकार तथा सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार पाँच सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् । ५० बर्षमा प्रबेश गरेकी शर्माले उक्त कोष स्थापना गरेकी हुन् । शर्माले स्थापना गरेको अक्षयकोष मार्फत समाजसेवा, विपन्न नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग, पुरस्कार वितरण जस्ता सामाजिक कार्य गर्ने माधुरी साहित्यिक प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा सरस्वती विमल वाङमय प्रतिभा पुरस्कार वितरण, स्रष्टा सम्मान, अक्षयकोष स्थापना सहित जिज्ञाशुको भिडियो बायोग्राफी समेत सार्वजनिक गरिएको छ । विगत एक दशकदेखि पर्वतको कुश्मालाई कर्मथलो बनाएर साहित्य सृजना र पत्रकारिता गर्दै आएकी शर्माले जन्मोत्सवमा पत्रकार राजेन्द्र पहाडी, साहित्यकार कृष्णदेवी श्रेष्ठ र समाजसेवी मानकुमारी गिरीलाई सम्मान समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस