शनिबार, २३ फागुन २०८२

महिला हिँसा प्रदेशमा बढेको भन्दै प्रदर्शन

धनगढी, साउन १९, २०७५ ।

प्रदेश नम्बर ७ मा पछिल्ला महिनाहरुमा महिला हिंसाका घटनामा बृद्धि भएको भन्दै महिला अधिकारकर्मीहरुले धनगढीमा बिरोध प्रदशर्न गरेका छन । धनगढीको ट्राफिक चौराहा देखी जिल्ला प्रशासन कार्यालय सम्म बिरोध ¥यालीको आयोजना गरीएको थियो । ¥यालीमा उनिहरुले महिलालाई रेप हैन सेप गरौ, निर्मला पन्तका हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए । उनिहरुले प्रदेश नम्बर ७ मा तिन महिनाको अवधिमा २७ ओटा महिला हिँसाका घटना भएको र तिन किशोरीको बलात्कार पछि हत्या भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । महिला मानव रक्षक सञ्जाल कैलालीका अध्यक्ष निर्मला बागचनले महिला माथि हुने हिंसाको बिरुद्धमा आन्दोलन भएको बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस